मदिरा सेवन गरेर हल्ला गरेपछि दुबई उड्न लागेको जहाजबाट फर्काइए गायक राजेशपायल राई

सेयर गर्नुहोस्

१३ असार, काठमाडौं । दुबई जान लागेका गायक राजेशपायल राईले मदिरा सेवन गरेर जहाजमा होहल्ला गरेपछि घर फिर्ता पठाइएको छ । आज मध्याह्न फ्लाई दुबईको विमानमार्फत् दुबई जान लागेका उनले जहाज चढिसकेपछि होहल्ला गरेका थिए । जहाजमा होहल्ला र ​एयरलाइन्सका कर्मचारीसँग झगडा गरेपछि उनलाई फिर्ता पठाइएको विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सुरेश पन्थीले बताए ।

राईले अत्यधिक मदिरा सेवन गरेर एयरलाइन्सका कर्मचारीसँग झगडा गरेको आरोप छ । जहाज उनलाई नलिई अरु यात्रु लिएर उडिसकेको छ । राईलाई प्रहरीले ट्याक्सीमा हालेर घर पठाइदिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *