बाढी, पहिरो र चट्याङलगायत प्राकृतिक विपद्‌बाट प्रभावित परिवारलाई राहत दिन सरकारको माग

सेयर गर्नुहोस्

१३ असार, काठमाडौं । सांसदहरूले बाढी, पहिरो र चट्याङलगायत प्राकृतिक विपद्‌बाट मृत्यु भएकाहरूका परिवार र घाइतेलाई राहत दिन माग गरेका छन् । बिहीबार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसदहरूले प्राकृतिक विपद्‌बाट प्रभावित भएकाहरूलाई ध्यान नदिएको भन्दै सरकारको ध्यानाकर्षण गरेका हुन् ।

नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले चट्याङको अर्लट नहुने गरेको भन्दै सरकारको ध्यानाकर्षण गरिन् । नेकपा एमालेका सांसद मानवीर राईले देशभर बाढी र पहिरो गइरहेको भन्दै ख्याल गर्न सरकारलाई आग्रह गरे । विराटनगर जलमग्न भएको भन्दै नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले तत्काल उद्धारका लागि आग्रह गरे । कांगेस सांसद रामहरि खतिवडाले प्राकृतिक विपद्‌बाट धेरै जनधनको क्षति भएको बताए । खानेपानी, विद्युत् लगायतमा असर परेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए

Leave a Reply

Your email address will not be published. Required fields are marked *