करिश्मा मानन्धरलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्ति गर्ने प्रधानमन्त्रीको तयारी

सेयर गर्नुहोस्

१७ साउन, काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले चलचित्र विकास बोर्डको अध्यक्षमा नायिका करिश्मा मानन्धरलाई नियुक्ती गर्ने तयारी गरेका छन् । प्रधानमन्त्री ओलीले मानन्धरलाई नै सो पदमा नियुक्त गर्नको लागि सञ्चारमन्त्री पृथ्बीसुब्बा गुरूङलाई निर्देशन दिएका छन् ।

सो पदका लागि आधा दर्जन प्रभावशाली व्यक्तिहरुको रुचि छ ।  उनीहरुले त्यहीअनुसारको दौडधूप पनि सरु गरेका छन् । प्रधानमन्त्री ओलीसँग निकै घनिष्ठ सम्बन्ध रहेका दिनेश डिसीले पनि सो पदका लागि दाबी पेश गरेका छन् । नायिका मानन्धरको लागि पूर्व सांसद कोमल वलीले प्रधानमन्त्री ओलीसमक्ष प्रस्ताव राखेको उच्च स्रोतको दाबी छ । प्रधानमन्त्री ओलीले पनि बोर्डको अध्यक्षमा मानन्धरलाई नै नियुक्ती गर्नेगरि तयारी गरिरहेका छन् ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *