हुम्लामा जिप दुर्घटना हुँदा ५ जना घाइते

सेयर गर्नुहोस्

५ भदौ,हुम्ला । हुम्लाको चङ्खेली गाउँपालिकामा आज बिहान बोलेरो जिप दुर्घटना हुँदा पाँचजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेन्द्र चन्दका अनुसार कर्णाली प्रदेश २००१ च ०९२२ नम्बरको जिप चङ्खेली-२ गर्खाबाट देउली बजारतर्फ जाने क्रममा मुगु सडकको गौरीसल्लामा दुर्घटना भएको हो ।

 जिपमा चालकसहित सातजना सवार भएकोमा पाँच जना सख्त घाइते भएको र दुईजनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा सख्त घाइते भएकामा चङ्खेली गाउँपालिकाका ३५ वर्षीय सुरेन्द्र शाही, ५० वर्षीय तिलबहादुर शाही, १५ वर्षीय रविन शाही, मुगुको छायाँनाथ नगरपालिका-१३ का ४० वर्षीय पृथ्वी रावत र रमेश मल्ल सख्त घाइते छन् । बाजुरा बुढीनन्दा नगरपालिका-४ का सावरी चालक महेन्द्रविक्रम शाह र चङ्खेली-२ का मायादेवी शाही सामान्य घाइते भएका छन् । दुर्घटना हुनासाथ मिमी प्रहरीचौकीका प्रहरी सहायक निरीक्षक बालकृष्ण खण्डाको नेतृत्वमा खटिएको सातजनाको टोली घटनास्थलमा पुगेर उनीहरूको उद्धार गरेको हो । जिप सडकबाट १५० मिटर तल खसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *