तनहुँ बस दुर्घटना : १५ को अवस्था गम्भिर, १४ जनाको शव निकालियो, ६ जना बेपत्ता

सेयर गर्नुहोस्

७ भदौ, काठमाडौं। तनहुँमा भएको बस दुर्घटनामा हालसम्म १४ जनाको शव निकालिएको छ। सशस्त्र प्रहरी बल ९एपीएफ० प्रवक्ता कुमार न्यौपानेले १४ जनाको शव निकालिएको जानकारी दिए। भीर भएका कारण तुइन रोपको सहायताले बास्केट स्टेचरमा राखेर घाइते र मृतकलाई सडकसम्म ल्याउने काम भइरहेको एपीएफले जनाएको छ।

उद्धारमा १० गोताखोरसहित सशस्त्र प्रहरीको ८० जनाको टोली खटिएको छ। प्रहरी पनि उद्धारमा खटिएको छ। बस सडकभन्दा करिब एक सय ५० मिटर तल मर्स्याङ्दी नदीमा खसेको थियो। बस अझै पनि पानीमै छ। प्रारम्भिक रूपमा बसमा ३५ जना भएको जानकारी पाइएको छ। १५ जनालाई घाइते अवस्थामा निकालिएको बुझिएको छ। प्रारम्भिक जानकारीअनुसार ६ जना नदीमा बेपत्ता छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *