मेसीको ह्याट्रिकमा बोलिभिया विरुद्ध अर्जेन्टिनाको ६-० गोल अन्तरको शानादार जित

सेयर गर्नुहोस्

३० असोज, काठमाडौं-दक्षिण अमेरिकी विश्वकप छनोटमा बोलिभियाविरुद्ध अर्जेन्टिनाले ६-० को शानदार जित निकालेको छ। गएराति भएको खेलमा कप्तान लियोनल मेसीको ह्याट्रिकको साथमा अर्जेन्टिनाले शानादार जित निकालेको हो।

एकपक्षीय खेलको १९ औँ मिनेटमा गोल गर्दै मेसीले अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए। अर्जेन्टिनाका लागि मेसीले हयाट्रिक गरेको खेलमा लाउटारो मार्टिनेज, जुलियन अल्भारेज र थियागो अल्माडाले गोल गरे।

यो शानदार जितसँगै १० खेल खेलेको अर्जेन्टिना २२ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ। बोलिभिया भने सातौ स्थानमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *