सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी ताप्लेजुङ शाखाद्धारा सुत्केरी आमालाई न्यायो सिरक वितरण

सेयर गर्नुहोस्

 ५ कार्तिक,काठमाडौं- सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड ताप्लेजुङ शाखाले सुत्केरी आमालाई न्यायो सिरक वितरण गरेको छ ।

कम्पनीले आफ्नो ७ औँ वार्षिक उत्सवको अवसरमा आईतबार जिल्लाका  १० सुत्केरी आमालाई सिरक वितरण गरिएको शाखा प्रवन्धक सर्मिला भण्डारीले बताउनुभयो। मौसम परिवर्तन सँगै जिल्लामा चिसो बढ्न थालेकाले सुत्केरी महिला र नवजात शिशुको स्वास्थ्यमा समस्या आउने भएकाले न्यानो होस भन्ने उद्देश्यका साथ सिरक वितरण गरिएको हो ।

शाखा प्रवन्धक भण्डारीका अनुसार  ताप्लेजुङ जिल्ला  भित्रका विभिन्न पालिकाका भर्खरै सुत्केरी भएका र न्यानो सामग्री आवश्यक रहेका महिलाहरुलाई ७ औँ वार्षिक उत्सवको अवसरमा आईतबार १० थान सिरक वितरण गरिएको हो । सिरक पाएपछि सुत्केरी आमाहरु जाडोमा आफु र बच्चालाई न्यानो हुने  भन्दै  खुसी भएका छन्

 सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीले वार्षिक उत्सव ,अन्य विभिन्न अवसर तथा विपदका समयमा यस्ता सेवामुलक कार्य गर्दै आईरहेको  र आगामी दिनमा पनि यस्ता कार्यमा निरन्तरता दिने भन्दै  सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी नाफामुलक कार्यमा मात्रै नभई सामाजिक सेवामा पनि सरिक रहेको भण्डारी बताउनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *