दीपक मनाङेले अस्वीकार गरेको वन तथा वातावरण मन्त्रालयमा नेपाली कांग्रेसका भेषबहादुर पौडेल

सेयर गर्नुहोस्

५ कार्तिक,काठमाडौं- गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रीपरिषद्लाई पूर्णता दिने भएका छन् ।

राजिव गुरुङ (दीपक मनाङे)ले अस्वीकार गरेको वन तथा वातावरण मन्त्रालयमा नेपाली कांग्रेसबाट निर्वाचित लमजुङका भेषबहादुर पौडेललाई नियुक्त गरेर पूर्णता दिन लागेका हुन् । उनी लमजुङ प्रदेश सभा (ख)बाट निर्वाचित भएका थिए ।

मुख्यमन्त्री पाण्डेले प्रदेश प्रमुख डिल्लिराज भट्टलाई भेटेर साढे ४ बजे मन्त्रीको सपथका लागि जानकारी दिएका छन् । यद्यपि, कसलाई सपथ खुवाउने भनेर आधिकारिक पत्र भने आएको छैन ।भेषबहादुर मन्त्री बन्ने मुख्यमन्त्री निकट स्रोतले जानकारी दिएको छ ।पौडेल नेपाली कांग्रेस लमजुङका निवर्तमान सभापति हुन् । उनी शेखर कोइराला समूहका सांसद हुन् ।

यसअघि लमजुङबाटै निर्वाचित नेपाली कांग्रेसका डा. टकराज गुरुङ आर्थिक मामिला मन्त्री बनेका छन् । उसो त लमजुङबाट प्रतिनिधिसभामा निर्वाचित नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ सञ्चार मन्त्री बनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *