लामिछाने पक्राउको विरोधमा सोमबार तेस्रो दिन पनि पोखरामा विरोध प्रदर्शन

सेयर गर्नुहोस्

५ कात्तिक, काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीले सहकारी ठगी र संगठित अपराधको मुद्दामा  सभापति रवि लामिछाने पक्राउको विरोधमा सोमबार तेस्रो दिन पनि पोखरामा विरोध प्रदर्शन गरेको छ । अपरान्ह १२ बजेदेखि पृथ्वीचोकमा  रास्वपाका नेताहरु भेला भएका  छन् ।

शनिबार चिप्लेढुङ्गामा विरोध सभा गरेको रास्वपाले आइतबार शहीदचोकमा कार्यकर्ता उतारेको थियो । सोमबार प्रदर्शनस्थल परिवर्तन गरेर पृथ्वीचोकमा सारिएको हो ।

तेस्रोदिन विरोध प्रदर्शनमा भेला भएका नेता कार्यकर्ताले देशभक्तिपूर्ण गीत बजाउँदै नाचगान गरिररहेका छन् । कार्यकर्ताले वर्तमान सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् । ‘सरकार तिम्रो पाराले, दुःख पाए साराले’, सहकारी पीडितलाई न्याय दे, सरकारले न्यायमाथि गर्‍यो घात, पोखरेली जनताले दिन्छन् साथ’ लगायतका नारा लगायतका छन् ।

अदालतले रास्वपा सभापति रवि लामिछानेलाई बुधबारसम्म थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको छ । बुधबारसम्म नियमित विरोध प्रदर्शन जारी राख्ने नीति विभागका सचिव कमल सुवेदीले जानकारी गराए ।सुवेदीका अनुसार पार्टी नेताहरु बुधबारसम्म पोखरामा रहने छन् । बुधबार अदालतको आदेशपछि मात्रै पार्टीले थप धारणा बनाउने छ ।

अनुसन्धान र अदालती प्रक्रियामा रहेको मुद्दा प्रभावित हुनेगरी रास्वपाले गरी रहेको यस किसिमको गतिविधि  राजनितिक संस्कार, लोकतान्त्रीक पद्दती ,विधिको शासन र कानुन सबैको बर्खिलापमा रहेको वरिष्ठ अधिवक्ता  सुरेन्द्र भण्डारी बताउनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *