बिपी राजमार्गमा ४-५ घण्टाको जाम बसेरै यात्रा गर्न बाध्य यात्रुहरू

सेयर गर्नुहोस्

७ कार्तिक,काठमाडौं- गत असोज ११ र १२ गतेको अविरल वर्षाले देशभर नै ठूलो जनधनको क्षति गर्‍यो। पुल पुलेसा, सडक सञ्जाल र भौतिक पूर्वाधारको क्षेत्रमा ठूलो क्षति भएको छ।

विपद्का कारण आवागमन रोकिएका सडक सञ्जालहरू अधिकांश पूर्ण रूपमा नै सञ्चालनमा आइसकेका छन्। तर बिपी राजमार्ग भने अझै पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन।

पूर्ववर्ती क्षेत्रबाट संघीय राजधानी आउने वैकिल्पक बाटो भनेको उदयपुर चितवनबाट काठमाडौं आउने हो। तर लामो पर्ने भएकाले पाँच घण्टाभन्दा बढी जाममा बसेर भए पनि बिपी राजमार्गबाटै काठमाडौं आउने गरेका छन्।

बिपी राजमार्गको यात्राका क्रममा पर्यटकहरू पनि सास्ती व्यहोरिरहेका छन्। सुनकोशीले धेरै ठाउँमा सडक नै बगाएको छ। त्यसको विकल्प दिन सरकारलाई अझै धेरै समय लाग्ने निश्चितप्रायः छ। ४/५ घण्टा कुरेर बस्नुपर्ने र अर्को बाटो जाँदा एक दिन पूरै समय जाने भएकाले जाममा बसेरै छोटो बाटो जाने गरेको  चालकहरु बताउछन।

बाढी, पहिरोका कारण बिपी राजमार्गसहित देशभर सडक, पूर्वाधारका क्षेत्रमा ६ अर्ब बढीको क्षति भएको अनुमान छ। तर काम पूरा गर्नका लागि १५ अर्ब बढी रकम लाग्ने सरकारले अनुमान गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *