केएमसीका इन्टर्न डाक्टरहरुको आन्दोलन तीन दिनका लागि स्थगित

सेयर गर्नुहोस्

७ कात्तिक, काठमाडौं-  काठमाडौं मेडिकल कलेज (केएमसी) का इन्टर्न डाक्टरहरुको आन्दोलन तीन दिनका लागि स्थगित भएको छ ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यसहित भएको छलफलपछि अस्पताल प्रशासनलाई तीन दिन समय दिने निर्णय भएको छ ।एमबीबीएस अध्ययन गर्दा लिएको अतिरिक्त शुल्क फिर्ता गर्न माग सात दिनदेखि डाक्टरहरु आन्दोलन जारी राखेका थिए । प्रशासनले २ लाख रुपैयाँ दिने बताएको छ । तर, चिकित्सकहरुले मन्त्रालयको निर्णय अनुसार पाउनुपर्ने ४ लाख ९० हजार रुपैयाँ नै फिर्ता दिनुपर्ने माग गरिरहेका छन् ।

डाक्टरहरुले बुधबार अस्पतालमा ओपीडी सेवा ठप्प पार्ने निर्णय गरेका थिए । तर, अस्पताल प्रशासनले सुरक्षागार्डहरु परिचालन गरेर इन्टर्न डाक्टरहरुलाई गेटबाट भित्र प्रवेश गर्नै दिएनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *