वायनाड उपचुनावका लागि प्रियंका गान्धीद्वारा उम्मेदवारी दर्ता

सेयर गर्नुहोस्

७ कार्तिक,काठमाडौं- कांग्रेस नेता प्रियंका गान्धीले वायनाड लोकसभा सिटमा हुन गइरहेको उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएकी छन् । वायनाडमा नोभेम्बर १३ मा हुन गइरहेको उपनिर्वाचनका लागि उनले बुधबार उम्मेदवारी दर्ता गराएकी हुन् ।

प्रियंकाको उम्मेदवारी दर्ताका लागि सोनिया गान्धी, राहुल गान्धी, कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गे र अमेठीका सांसद केएल शर्मासहित नेताहरू वायनाड पुगेका थिए । 

उम्मेदवारी दर्ताअघि प्रियंकाले कांग्रेस नेताहरूका साथ ‘रोड शो’ पनि गरेकी थिइन् । यसै वर्ष सम्पन्न लोकसभा निर्वाचनमा वायनाडबाट प्रियंकाका दाइ राहुल गान्धी निर्वाचित भएका थिए । रायबरेली सिटबाट पनि विजयी भएपछि राहुलले वायनाड छोडेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *