कार्यालय खुले लगत्तै छवि र रवि दुवैलाई अदालतमा उपस्थित गराइयो

सेयर गर्नुहोस्

८ कात्तिक, पोखरा- पोखरास्थित सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ ।ढिला गर्दा प्रदर्शन र भिडले असहज हुन सक्ने भएकाले कार्यालय खुलेसँगै अदालतमा उपस्थित गराइएको प्रहरी स्रोतले बताएको छ ।

गत शुक्रबार काठमाडौंमा लामिछानेलाई पक्राउ गरी सोही रात पोखरा ल्याएर आइतबार अदालतमा उपस्थित गराउँदा पक्राउ परेकै दिनदेखि लागु हुने गरी अनुसन्धानका लागि ६ दिनको म्याद दिइएको थियो ।

गत असोज ६ गते नै पक्राउ परेर पोखरा ल्याइएका गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक तथा पूर्व डिआइजी छविलाल जोशीलाई पनि आजै अदालतमा उपस्थित गराइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *