आज माल्दिभ्स र भुटान तथा नेपाल र श्रीलंकाबीच प्रतिस्पर्धा हुने

सेयर गर्नुहोस्

८ कार्तिक, काठमाडौं– काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिप फुटबलमा आज समूह ‘बी’ का दुई खेल हुँदैछ । आज माल्दिभ्स र भुटान तथा नेपाल र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो साढे १ बजे हुने पहिलो खेलमा माल्दिभ्स र भुटान खेल्नेछन् । यस्तै, अपराह्न साढे ५ बजे नेपाल र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ ।

समूह ‘बी’ मा हाल नेपाल २ खेलबाट ४ अंकसहित शीर्षस्थानमा रहेको छ भने भुटान पनि ४ अंकसहित दोस्रो स्थानमा छ । त्यस्तै श्रीलंका ३ अंकसहित तेस्रो स्थानमा छ । दुवै खेलमा हार बेहोरेको माल्दिभ्स सेमिफाइनलको दौडबाट बाहिरिसकेको छ ।

अहिलेसम्म नेपाल, भुटान र श्रीलंका तीनवटै देशको सेमिफाइनल सम्भावना कायमै रहेको छ ।आज नेपालले श्रीलंकासँग बराबरी खेले मात्रै पनि सेमिफाइनलको यात्रा तय गर्नेछ । यस्तै, भुटानले पनि बराबरी खेले पुग्नेछ ।जारी प्रतियोगितामा समूह ‘ए’बाट बंगलादेश र भारत सेमिफाइनलमा पुगिसकेका छन् । पाकिस्तान भने समूह चरणबाट बाहिरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *