रवि लामिछानेलाई चौँथो पटक म्याद थप्न कास्की अदालतमा उपस्थित गराइयो

सेयर गर्नुहोस्

२५ कार्तिक,काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई चौँथो पटक म्याद थप्न कास्की अदालतमा उपस्थित गराइएको छ । अनुसन्धानका लागि अदालतले दिएको म्याद सकिएपछि पुनः म्याद थप्न अदालतमा पेस गरिएको हो ।

लामिछानेसँगै सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध प्रकरणमा हिरासतमै रहेका पूर्व डीआइजी छविलाल जोशी, लीला पछाई र रामकुमार खनाललाई पनि म्याद थपको लागि अदालत लगिएको छ ।

यसअघि जिल्ला अदालत कास्कीले रविमाथि अनुसन्धानका लागि २० कात्तिकमा १५ कात्तिकदेखि गणना हुने गरी १० दिनको समय दिएको थियो ।

पोखरामा अनुसन्धान सकिएसँगै प्रहरीले लामिछानेलाई बुटवल लैजाने तयारी गरेको छ । बुटवलमा पनि उनीमाथि सहकारीको रकम अपचलन प्रकरणमै अनुसन्धान हुने प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *