११ पौष, काठमाडौं । यति बेला सामाजिक सञ्जालमा राष्टपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको बारेमा दिएको एउटा अभिब्यक्ति भईरल भईरहेको छ । रामचन्द्र पोडेलले उक्त भाषणमा भनेका छन् केपी ओली १४ बर्ष जेल लोकतन्त्रको लागी नभई मान्छे मारेर ज्यान मुद्धामा जेल बसको आरोप लागाएका छन् । फेसबुक र टिकटकका अधिकांश प्रयोगकर्ताहरुले उक्त भिडियो पोष्ट गर्दै यतिबेला बिभिन्न किसिमका टिकाटिप्पणीहरु गरिरहेका छन् ।
यो भाषण अहिलेको नभई २०७७ मंसिर १८ गतेको हो । तत्कालिन अवस्थामा नेपाली काग्रेसको बरिष्ठ नेता रहेको पौडेल त्यस समयमा ब्यास नगरपालिकामा रहेको बुल्दी खोलाको पुल उत्घाटन समारोहलाई सम्बोधन गर्दै भनेका थिए । पुल उत्घाटनको समयमा तनहुमा बिवाद भएको थियो । रामचन्द्र पौडेल पुल उत्घाटन गर्न जाँदा एमालेका कार्यकर्ताहरुले अवरोध गर्न खोजेपछी नेता पौडेललाई प्रहरीले ३ घण्टा नियन्त्रणमा समेत लिएको थियो । प्रहरीसँग धकेला–धकेल हुँदा आफ्नो करङ दुखेको पनि उनले सुनाएका थिए । उनले भनेका थिए, “यो पुलिसको डन्डाले करङ पेलेको, मलाई हिजो दिउँसोभन्दा साँझ दुख्यो, हिजोभन्दा आज दुख्यो । आज मलाई बोल्न अलि असहज भएको छ । यो ७० वर्षको लडाइँमा यो पुलिसको दमन र पेलानले कहिल्यै पनि छाडेन ।
त्यही उद्घाटन कार्यक्रममा उनले भाषण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली ज्यान मुद्दामा १४ बर्ष जेल बसेको दाबी गरेका थिए । त्यसबेला पौडेलले ओलीलाई लक्षित गर्दै भनेका थिए, “एउटा मुद्दामा झ्याप्पै परिहाल्यो, जोसमा आएर झापा काण्ड घटिहाल्यो, भुटन चौधरीको हत्या भइहाल्यो अनि जेल परिहाल्यो, अनि यो लकेतन्त्रका लागि हो, केपी ओली मेरो अगाडि आएर कुरा गरोस् ? ” भन्दै प्रधानमन्त्री ओलीलाई चुनौति दिएको थिए । राष्टपति रामचन्द्र पौडेलको उक्त भाषण यतिबेला सामाजिक सञ्जाल टिकटक फेसबुक लगायत युटुबमा समेत भईरल भईरहको छ।