अस्ट्रेलियासँगको चौथो टेस्ट खेलका क्रममा नियतवश जानाजान धक्का दिएको भन्दै विराट कोहली कारबाहीमा

सेयर गर्नुहोस्

११ पौष, काठमाडौं। अस्ट्रेलियासँगको चौथो टेस्ट खेलका क्रममा खेलाडीसँगको विवादले विराट कोहलीलाई आईसीसीले कारबाही गरेको छ । अस्ट्रेलियाका युबा  खेलाडी साम कोन्सटासलाई खेलका क्रममा नियतवश जानाजान धक्का दिएको भन्दै आईसीसीले कोहलीलाई कारबाहि गरेको हो । भारत र अस्ट्रेलियाबीचको चौथो टेस्ट बिहीबारदेखि मेलबर्नमा सुरू भएको छ यहि खेलका दौरान १०औं ओभर सकिएपछि साम कोन्सटास पिचको साइडबाट हिंडिरहँदा विराट कोहली उनी हिंडिरहेको बाटोमा आएर उनीसँग काँध जुधाएको देखिएको थियो ।

त्यसको जवाफमा सामले कोहलीलाई केही भनेका थिए र कोहलीले पनि जवाफ फर्काएका थिए । अम्पायर र खेलाडीहरू आएर दुवैलाई शान्त पारेका थिए ।आईसीसीको कोड अफ कन्डक्ट अनुसार क्रिकेटमा कुनै पनि प्रकारको अनुपयुक्त शारीरिक गतिविधि निषेध गरिएको छ। लापरवाहीपूर्वक हिंड्नु, जानाजान अर्को खेलाडी वा अम्पायरलाई काँधमा धक्का दिएमा सीमाभन्दा बाहिर गएर खेलाडीहरूले यो नियम उल्लंघन गरेको मानिन्छ । नियम उल्लंघन गरेको  भन्दै आईसीसीले कोहलीको म्याच फीको २० प्रतिशत कटौती गर्नुका साथै एक डिमेरिट पोइन्ट पनि दिइएको छ । एकपटक प्राप्त भएको डिमेरिट पोइन्ट २४ महिनासम्म रहिरहन्छ भने त्यस अवधिमा पाएका हरेक डिमेरिट पोइन्ट जोडिंदै जानेछ र सोही अनुसारको कारबाही हुने गर्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *