भीम रावलले बुधबार पत्रकार सम्मेलन गर्ने

सेयर गर्नुहोस्

१५ पुस,काठमाडौं-नेकपा एमालेको राजनीतिबाट बिदा भएका डा. भीम रावलले बुधबार पत्रकार सम्मेलन गर्ने भएका छन् ।उनले आफ्ना कुराहरू राख्न र भावी कार्ययोजना बारे जानकारी गराउन पत्रकार सम्मेलन गर्न लागेको रावलका सचिवालय सदस्य गोविन्द दुवालले जानकारी दिए ।

नयाँ पार्टी खोल्ने वा कसरी अघि बढ्ने भन्ने सवालमा रावल अहिले विभिन्न व्यक्तिसँग टोखा नगरपालिकास्थित आफ्नै निवासमा छलफलमा छन् ।अहिले  छलफलमै भएकाले नयाँ पार्टी खोल्ने योजना बुधबार नै घोषणा नहुने रावलका सचिवालय सदस्य दुवालले  बताए ।पत्रकार सम्मेलनमा भावी कार्ययोजना र अहिलेसम्म रावलप्रति भएका पार्टीको गतिविधिबारे बुधबार जानकारी गराइने बताइएको छ ।शुभचिन्तक लगायत मानिस बोलाएर पत्रकार सम्मेलन गर्ने या मिडियालाई मात्र बोलाएर गर्ने भन्नेबारेमा मंगलबार मात्र निर्णय हुने बताइएको छ ।

एमालेमा चार दशकभन्दा लामो योगदान दिएका रावल चितवनमा भएको दशौँ महाधिवेशनबाट एमालेमा किनाराकृत भएका थिए ।खास गरी चितवनमा भएको दशौँ महाधिवेशनमा अध्यक्षका लागि केपी शर्मा ओलीसँग प्रतिस्पर्धामा उत्रिएदेखि उनी किनाराकृत हुन थालेका थिए ।एमालेमा किनाराकृत भएका रावल सुदूरपश्चिम र कर्णालीमा एक्लै आफ्ना गतिविधि गरिरहेका थिए । तर, एमालेले शृङ्खलाबद्ध दर्जनौँ आरोप लगाउँदै गत बुधबार सङ्गठित सदस्यताबाट मुक्त गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *