१९ पौष,काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बोर्डले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्टका लागि थप ५ करोड अमेरिकी डलर स्वीकृत गरेको छ। एमसीसी बोर्डका अनुसार योसँगै नेपाल कम्प्याक्टको कूल बजेट ७४ करोड ७४ लाख अमेरिकी डलर पुग्ने भएको छ। अब यो थप सहयोग प्रस्ताव नेपाल सरकारको स्वीकृतिका लागि पठाइनेछ। अतिरिक्त कोषले नेपालको बिजुली ग्रिडलाई सुदृढ गर्न र दीर्घकालीन आर्थिक वृद्धिलाई समर्थन गर्न कम्प्याक्टको सफलता सुनिश्चित गर्न हाम्रो आपसी समर्पणलाई पुनस् पुष्टि गर्दछ’, एमसीसी कम्प्याक्ट अपरेसनका उपाध्यक्ष क्यामरन अल्फोर्डले भने।