रवि लामिछाने पोखराबाट स्थलमार्ग हुँदै काठमाडौं आउँदैःआइतबार मात्रै अदालत उपस्थित हुने योजना

सेयर गर्नुहोस्

२६ पुस,काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछाने पोखराबाट स्थलमार्ग हुँदै काठमाडौं आउँदै छन् ।

पोखराबाट काठमाडौं आउन हवाई जहाजको टिकट नपाएपछि उनी सडकमार्ग भएर काठमाडौं आउँदै गरेको पार्टी प्रवक्ता मनिस झाको भनाइ छ । ‘सभापति रवि लामिछाने आज शुक्रबार नै काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने भन्दै सडक मार्गबाट काठमाडौं हिँडिसक्नु भएको छ । ’ प्रवक्ता झाले भने, ‘उहाँ जसरी पनि काठमाडौं जिल्ला अदालतमा आफैँ उपस्थित हुनुहुने छ ।’

तर, लामिछाने पोखराबाट आउन ढिला हुने अवस्थामा आइतबार मात्रै अदालत उपस्थित हुने योजना रहेको उनको सचिवालयको भनाइ छ । सचिवालयले भन्यो, ‘चार बजे अगाडि आइपुगे भने जसरी पनि अदालत उपस्थित हुनुहुन्छ, ढिला भएपछि आइतबार १० बजे उपस्थित हुने योजना रहेको छ ।’

लामिछाने कास्की प्रहरीको हिरासतबाट ८४ दिनपछि बिहीबार रिहा भएका छन् । अदालतले ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएपछि बैंक ग्यारेन्टीमार्फत धरौटी रकम बुझाएर लामिछाने हिरासत मुक्त भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *