२९पुस,काठमाडौं-काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको थुनछेक बहस जारी छ ।
काठमाडौं जिल्ला अदालतमा जारी थुनछेक बहसमा सरकारी वकिलहरूले बहस गरिरहेका छन् । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा जारी बहसका क्रममा उनीहरूले प्रतिवादीलाई थुनामै राख्नुपर्ने जिकिर गरेका छन् ।
‘सहकारी ठगी, सम्पत्ति शुद्धिकरण लगायतका मुद्दा छन् । प्रतिवादीलाई अहिले थुनाबाहिर राख्दा प्रमाण नष्ट हुने देखिन्छ भन्ने तर्क,’ इजलासमा सरकारी वकिलले गरेका छन् ।उनीहरूलाई कास्की जिल्ला अदालतको आदेशलाई आधार मानेर रविलाई थुनाबाट छाड्न नहुने पनि बहसका क्रममा बताएका छन् ।
‘ , ‘त्यो छुट्टै मुद्दा हो । यो छुट्टै मुद्दा भएकाले पोखरामा भएको आदेशलाई यहाँ सन्दर्भ बनाउन नहुने तर्क,’सरकारी वकिलले बहसका क्रममा गरेका छन
सहकारी पीडितहरू अझै पीडित भइरहेको अवस्थामा उनीहरूको न्यायका लागि पनि प्रतिवादीलाई थुनामै पठाउनुपर्ने तर्क सरकारी वकिलहरूले गरेका छन् ।
अहिले थुनछेक बहस चलिरहँदा आधा घण्टा खाजा ब्रेक भएको छ । अघिपछि एक घण्टासम्म खाजा ब्रेक हुने भएपनि आजका लागि आधा घण्टा मात्रै दिइएको छ ।
सरकारी वकिलको तर्फबाट बहस सकिएपछि अब पीडितका कानुन व्यवसायीले थुनछेक बहस गर्नेछन् ।
त्यसपछि प्रतिवादीका तर्फबाट बहस हुनेछ ।