२९ पुस,काठमाडौं-बंगलादेशसँग नेपालको व्यापार सहजीकरण गर्दै भारतले काँकडभिट्टा–फुलबारी–बंगलाबन्ध रूटमा आवतजावत गर्ने गरी कार्गो गाडीलाई रूट दिन सहमति जनाएको छ।
भारतीय सञ्चार माध्यम ‘द डेली स्टार’का अनुसार भारतीय वाणिज्य मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै यस्तो सहमति दिएको उल्लेख गरेको छ।
भारतीय सडक यातायात नियम अन्तर्गत दुई–एक्सेल सवारीको लागि १८.५ टन र तीन एक्सेल सवारीहरूको लागि २८ टन तोकिएको छ।
गत शुक्रबार र शनिबार काठमाडौंमा आयोजित दुई देशबीचको सचिवस्तरीय अन्तर्सरकारी समिति (आइजिसी) बैठकमा नेपालले उक्त रूट हुँदै कार्गो गाडी सञ्चालनका लागि सहजीकरण गरिदिन अनुरोध गरेको थियो। उक्त अनुरोध पछि यस्तो निर्णय गरेको हो।