यूथ इनिसिएटिभ नेपालको सुदुरपश्चिम संयोजकमा रबेन्द्र बिक्रम शाह निर्बाचित

सेयर गर्नुहोस्

३ माघ,काठमाडौं । यूथ इनिसिएटिभ (YI) नेपालको सुदुरपश्चिम संयोजकमा रबेन्द्र बिक्रम शाह निर्बाचित भएका छन् । युवाहरुलाई देशको विकास प्रक्रियामा सक्रिय रुपमा सहभागिता जनाउन सशक्त बनाउने उद्देश्यले सन् १९९९ मा स्थापना भएदेखि, यूथ इनिसिएटिभले युवा नेतृत्व, नागरिक सहभागिता, र सामाजिक परिवर्तनलाई प्रवर्द्धन गर्न विभिन्न कार्यक्रम र क्रियाकलाप सञ्चालन गर्दै आइरहेको छ। सुदुरपश्चिम संयोजक शाह बिगत लामो समय देखी नै सामाजिक युवा अभियान्ताको रुपमा क्रियाशिल छन् । उनी राष्ट्रिय युवा परिषद देखी नेपाल जेसीज लगायत बिभिन्न संघ सस्थाहरुमा आवद्ध भएर सामाजिक क्षेत्रमा बिभिन्न गतिबिधिहरु गर्दै आईरहेका छन् ।

यूथ इनिसिएटिभले आफ्नो प्रभाव बढाउन अन्तर्राष्ट्रिय तथा स्थानीय संस्था, सरकारी निकाय, र सहयोगी समूहहरूसँग सहकार्य गर्दछ। यसले अन्य युवा-नेतृत्व भएको संस्था र नेटवर्कहरूसँग सहकार्य गर्दै सामूहिक पहललाई प्रवर्द्धन गर्दछ।
विगत वर्षहरूमा, यूथ इनिसिएटिभले नेपालभरि हजारौं युवालाई सशक्त बनाउँदै, उनीहरूलाई आफ्नो समुदायमा सकारात्मक परिवर्तन गर्न आवश्यक उपकरण र अवसरहरू उपलब्ध गराएको छ। यसले सार्वजनिक नीतिमा युवा सहभागितालाई प्रवर्द्धन गर्न र नागरिक सहभागिताको संस्कृतिलाई प्रोत्साहन गर्न महत्वपूर्ण भूमिका खेलेको छ । आगामी दिनहरुमा यूथ इनिसिएटिभले नेपालभरि हजारौं युवालाई सशक्त बनाउँदै बिभिन्न क्षेत्रहरुमो उल्लेखनिय कामहरु गर्ने नव निर्बाचित सुदुरपश्चिम ईन्चार्ज रबेन्द्र बिक्रम शाहको भनाई छ । सुदुरपश्चिम प्रदेशमा रहेको ८८ ओटा पालिका र ९ ओटै जिल्लाहरुका सम्पुर्ण युवाहरुलाई बिभिन्न अवसरहरु प्रदान गर्ने र युवाहरुको नेतृत्व साथै ब्यक्तित्व बिकास गराउने, युवाहरुलाई हरेक क्षेत्रमा अर्थपुर्ण सहभागी गराई निति निर्माणको तहसम्म पुर्याउन महत्वपुर्ण भुमिका निर्बाह गर्ने संयोजक रबेन्द्र बिक्रम शाहको प्रतिबद्धता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *