०३ पुस,काठमाडौं- जय ट्रफी पुरुष एलिट कप २०८१ को उपाधि नेपाल पुलिस क्लबले जितेको छ । बिहीबार सम्पन्न तीन दिवसीय फाइनलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई हराउँदै पुलिस च्याम्पियन बनेको हो ।
वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा भएको फाइनलमा पुलिसले आर्मीलाई २८ रनले हरायो । पुलिसले दिएको १०३ रनको लक्ष्य पछ्याएको आर्मी तेस्रो दिनको दोस्रो सेसनमा ७४ रनमा अलआउट भयो । इमरान शेखले सर्वाधिक २८ रन बनाउँदा सोमपाल कामी र विनोद भण्डारीले समान ११ रन बनाए ।आर्मीलाई अलआउट गर्न पुलिसका दुई स्पीनर काफी रहे । सागर ढकालले ६ तथा ललित राजवंशीले ४ विकेट लिए । सागरले १४.२ ओभरमा ३५ रन खर्चे । ललितले १५ ओभरमा ३९ रन दिए ।
पुलिसका लागि सागर ढकालले १५.५ ओभरमा ७८ रन खर्चेर ५ विकेट लिए । त्यस्तै कुशल भुर्तेलले ३ तथा ललित राजवंशी र गुल्शन झाले १-१ विकेट हात पारे ।
नेपाल पुलिस क्लब गतवर्षको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटको पनि च्याम्पियन हो । पीएम कपको फाइनलमा पनि पुलिसले आर्मीलाई नै हराएको थियो ।