रवि लामिछाने बिरुद्ध आज रुपन्देहीमा मुद्धा दर्ता हुँदै,रवि सहितका प्रतिवादीलाई एक अर्बको बिगो मागदाबी

सेयर गर्नुहोस्

३ माघ, काठमाडौं । सहकारी प्रकरणमा काठमाडौँ जिल्ला अदालतबाट बुधवार धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति  रवि  लामिछानेविरुद्ध रुपन्देही  जिल्ला अदालतमा अर्को मुद्दा दायर गर्ने तयारी भएको छ  । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा उनी विरुद्ध बिहीबार मुद्दा दर्ता गर्न लागिएको हो । प्रहरीले गत शुक्रवार नै लामिछाने समेतलाई प्रतिवादी बनाएर मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाइएको  थियो । जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका प्रमुख प्रेमराज पौडेलले  मुद्दा दर्ताको अन्तिम तयारीमा  पुगेको जानकारी दिएका छन  । उनका आज साँझसम्म  मुद्दा दायर हुनेछ ’ उनले अनुसन्धान प्रतिवेदन अध्ययन भइरहेको बताउँदै केही  प्राविधिक समस्या आएको खण्डमा चाहिँ शुक्रबार पनि हुनसक्ने बताए । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पूरक अनुसन्धान गरेर प्रहरीले लामिछाने, पूर्वडीआइजी छविलाल जोशीसहित  १४ जनाको अनुसन्धान प्रतिवेदन प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा बुझाएको हो । उक्त  प्रकरणमा  पुराना २८ र नयाँ  १४ गरी ४२ जना विरुद्ध मुद्दा चलाउने राय दिइएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी विजय पण्डितले बताए ।  जसमा केही  व्यक्ति  र कसुर  पनि  फरक फरक  रहेकोले सोही  विषयमा  सरकारी  वकिलको कार्यालयमा  छलफल चलिहरेको छ ।  प्रहरीले  सहकारी  ठगी ,सङ्गठित अपराध र  केही व्यक्तिविरुद्ध लागि सम्पत्ति  शुद्धीकरणमा   समेत  मुद्दा चलाउन रायसहितको अनुसन्धान  प्रतिवेदन  बुझाएको छ। जसमा रवि , छवि र  जीवी  राईको सम्पत्ति शुद्धीकरणको  मुद्दा  कास्कीबाट नै अघि बढ्नेछ ।  तर, सुप्रिम सहकारी  सञ्चालक समेत रहेका  दिनेश रोकाविरुद्ध रुपन्देहीमा  सम्पत्ति शुद्धीकरणको मुद्दा चलाउनु  पर्ने राय  दिइएको छ । कास्की प्रहरीमा अनुसन्धान भइरहेका बेला रविमाथि बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएको थियो । त्यसपछि २७ कात्तिकमा बुटवलस्थित सरकारी वकिलको कार्यालयमा पुगेर रविले बयान दिएका थिए । यस्तै पूर्वडीआइजी जोशी पनि सोही बेला रुपन्देही पुगेर बयान दिएका थिए ।

प्रहरी स्रोतका अनुसार अनुसन्धान प्रतिवेदनमा रविविरुद्ध व्यक्तिगत रूपमा गएको २ करोड  र गोर्खा मिडियाका नाममा गएको सामूहिक २ करोड १५ लाख २८ हजार गरी ४ करोड १५ लाख २८ हजार रुपैयाँको बिगो माग दाबी गरिएको छ । त्यस्तै जोशीविरुद्ध २ करोड ५० लाख व्यक्तिगत र मिडियाको सामूहिक  १ करोड ७७ लाख ८८ हजार गरी ४ करोड २७ लाख ७८ हजार रुपैयाँ बिगो दाबी गरिएको स्रोतको भनाई छ । यस्तै सुप्रिम सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङविरुद्ध व्यक्तिगत २ करोड ८८ लाख १४ हजार र सामूहिक २ करोड ७ लाख ९४ हजार गरी ४ करोड ९६ लाख ८ हजार  बिगो माग दाबी प्रहरी प्रतिवेदनमा गरिएको छ । यसअघि रवि गृहमन्त्री रहेकै बेला सुप्रिम सरकारी ठगीसम्बन्धी मुद्दा ३ वैशाखमा अदालतमा दर्ता भएको थियो । त्यति बेला एक हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो । अहिले पूरक अभियोजनमा रविसहित ४४ प्रतिवादी बनाइएको  छ । यससँगै अब कुल बिगो  कुल १ अर्ब १२ करोड रुपैयाँ पुग्ने स्रोतको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *