काग्रेसका मन्त्रीहरूलाई देउवाको निर्देशन : हप्तामा दुई दिन अनिवार्य जनताको गुनासो सुन्नु

सेयर गर्नुहोस्

३ माघ, काठमाडौं ।सत्तारुढ दल नेपाली कांग्रेसले पार्टीबाट नेतृत्व गरेर सरकारकमा गएका मन्त्रीहरूलाई हप्तामा दुई दिन अनिवार्य जनताको गुनासो सुन्न निर्देशन दिएको छ । आज पार्टी सभापति शेरबहादुर देउवा निवासमा बैठक बसेर पार्टीले यस्तो निर्णय गरेको हो । बैठक पश्चात् जानकारी दिँदै प्रमुख सचेतक श्याम घिमिरेले पालैपालो मन्त्रीले जनता र कार्यकर्ताको गुनासो पार्टी अफिसमा गएर सुन्न निर्देशन दिइएको बताए । सरकारमा सहभागी रहेका १० जना मन्त्री र दुई जना राज्यमन्त्रीलाई सातामा दुई दिन केन्द्रीय कार्यालय सानेपा पुग्न भनेको छ। पार्टी कार्यकर्ताहरूले मन्त्रीहरूले गुनासा नसुनेको भनेपछि कांग्रेसले मन्त्रीहरूलाई सातामा पाँच दिन मन्त्रालयमा बस्न र कम्तिमा दुई दिन केन्द्रीय कार्यालय सानेपामा पुग्न आग्रह गरेको हो। सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहीबार बसेको संसदीय दल कार्यसमिति र मन्त्रीहरूको संयुक्त बैठकमा बोल्दै सभापति देउवाले मन्त्रीहरूलाई दुई दिन केन्द्रीय कार्यालयमा पुग्न भनेका हुन्।

बैठकपछि प्रमुख सचेतक श्याम घिमिरेले मन्त्रीहरूलाई सातामा दुई दिन केन्द्रीय कार्यालय सानेपामा पुग्न भनिएको बताए। उनकाअनुसार मन्त्रीहरूले पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेर सातामा दुई दिन खुला भेटघाट गर्नेछन्। वडा, पालिका, जिल्ला, प्रदेशबाट पार्टीका निकायबाट आउने गुनासा तथा मागलाई केन्द्रित गरी महिनामा एक पटक केन्द्रीय कार्यालय सानेपामा छलफल गरिनेसमेत उनले जानकारी दिए। देउवाले कांग्रेस र एमालेबीच कुनै समस्या नभएको बताएका छन्। बैठकपछि सभापति देउवाको भनाई उद्धृत गर्दै गृहमन्त्री रमेश लेखकले भने, ‘एमाले र कांग्रेसको सहमतिमा अघि बढ्ने हो। मुलुकमा सुशासन र आर्थिक समृद्धि गर्ने हो यसमा केन्द्रित भएर काम गर्नुस्। हामी दुई दलबीचमा कुनै समस्या  नभएको बताए सरकारको पछिल्लो कदमलाई लिएर संस्थापन इतर पक्षका नेता डा। शेखर कोइराला र संस्थापन पक्षकै केही नेताहरूले असन्तुष्टि व्यक्त गरिरहेका बेलामा देउवाले गठबन्धनमा कुनै समस्या नभएको प्रष्ट्याएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *