ट्रम्पले आज ह्वाइटहाउसमा पदभार ग्रहण गर्ने;आजै धेरै कार्यकारी आदेशहरूमा हस्ताक्षर गर्ने योजना

सेयर गर्नुहोस्

७माघ,काठमाडौं-अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले आज ह्वाइटहाउसमा पदभार ग्रहण गर्दैछन् । सोमबार १२ बजे ७८ वर्षीय ट्रम्पले अमेरिकाको ४७ औं राष्ट्रपतिका रूपमा कार्यभार सम्हाल्ने छन् ।

ह्वाइटहाउस प्रवेशअघि राष्ट्रपति ट्रम्प बिहान सेन्ट्र जोन्स चर्चमा प्रार्थना सभामा सहभागी हुनेछन् । त्यसपछि वर्तमान राष्ट्रपति जो बाइडेन र नवनिर्वाचित राष्ट्रपति ट्रम्पबीच भेटघाट गरी सत्ता हस्तान्तरण हुने छ ।
त्यसपछि ट्रम्पले ह्वाइटहाउस नजिकैको पेन्सिल्भेनिया एभेन्युमा आयोजना हुने सैनिक कवाज र परेड अवलोकन गर्ने छन् ।पदभार ग्रहणकै दिन ट्रम्पले केही नियुक्ति र एक सयभन्दा बढी कार्यकारी आदेशमा हस्ताक्षर गर्ने तयारी गरेको द इकोनोमिक टाइम्सले जनाएको छ ।उनले आप्रवासी, जलवायु परिवर्तन र वैदेशिक नीतिको सवालमा महत्त्वपूर्ण निर्णय गर्नेछन्।

ट्रम्पले राष्ट्रिय सीमा सङ्कटकाल लगाउने तथा सेनाको सहयोग लिन सक्ने समेत जनाइएको छ। उनले इतिहासमा नै सबै भन्दा धेरै आप्रवासी डिपोट गराउने घोषणा गरेका छन्। तथापि यसमा धेरै कानुनी अड्चन आउने अनुमान गरिएको छ।

रिमेन इन मेक्सिको नीति उनले फेरि लागु गर्न सक्ने छन्। सो अन्तरगत मेक्सिकोको सीमामा नै ती सबै रोकिन सक्ने छन्।
१५० वर्ष पुरानो बर्थ राइट सिटिजनसिप पनि अन्त्यको घोषणा हुने अनुमान गरिएको छ। टिकटक माथिको प्रतिबन्ध तथा समलिङ्गी महिलालाई खेलकुदमा प्रतिबन्ध लगायत निर्णय पनि हुन सक्नेछन्। ‘मेक्सिको सिटी पोलिसी’ फेरि लागु हुनसक्ने छ। यस अन्तरत गर्भपतनका लागि सल्लाह दिनका लागि आर्थिक सहयोग रोकिने छ।

डाइभर्सिटी, इक्वेलिटी एन्ड इन्क्लुजन कार्यक्रममा लागि गरिने खर्चमा कटौतीको निर्णय हुनसक्ने छ।

डोनाल्ड ट्रम्पले युक्रेन युद्ध अन्त्य गर्ने घोषणा गरेका छन्। तर उनले यसका लागि के गर्ने भन्ने यकिन छैन। क्युबा र भेनेजुएलाप्रति उनी बाइडेन कालमा भन्दा कठोर हुने अनुमान गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *