एमालेका ५९ नेता-कार्यकताहरूले एमाले छोडेर भीम रावललाई समर्थन गर्ने

सेयर गर्नुहोस्

०७ माघ,काठमाडौं-एमालेका ५९ जना नेता तथा कार्यकर्ताहरू भीम रावलको समर्थन गरेका छन् ।

उनीहरूले रावलको नेतृत्वमा रहेको मातृभूमि जागरण अभियानलाई पनि समर्थन गर्ने घोषणा गरेका छन् । उनीहरूले संयुक्त विज्ञप्ति निकालेर रावललाई समर्थन गरेको जनाएका छन् ।

विज्ञप्तिमा एमाले केन्द्रीय पर्यटन विभाग सदस्य रमेश बहादुर कुँवर, सुदूरपश्चिम प्रदेश कमिटी सदस्यहरू चक्र रावल, जंग विक, केशर मियाँ, निर्मला रावललगायत छन् ।

उनीहरूले एक प्रेस विज्ञप्ति जारी गर्दै रावललाई एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा पार्टीबाट गरिएको निष्कासन स्वेच्छाचारी, निरङ्कुश र तानाशाही निर्णयको विरोध र भर्त्सना गर्दै अभियानमा लाग्न समेत आह्वान गरेका छन् ।

पार्टीको अनुशासन उल्लंघन गरेको भन्दै एमालेले रावललाई पुस १० गते पार्टीबाट निष्कासन गरेको थियो ।विज्ञप्तिमा उनीहरूले रावललाई निष्कासन गर्ने निर्णय स्वेच्छाचारी भएको र एमाले अध्यक्ष केपी शर्मा ओलीको सत्ता उन्माद भएको आलोचना गरेका छन् ।

‘समाजवाद त टाढाको कुरा भयो, देशभक्ति र जनताप्रतिको प्रतिवद्धता समेत नष्ट गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ । कम्युनिष्ट र समाजवादका विरोधीहरूसँग घाँटी जोड्दै पार्टीलाई सिद्धान्तहीन, आदर्शहीन र गन्तव्यहीन यात्रामा धकेल्ने केपी ओली गुटको नेतृत्वमा इमान्दार र देशभक्त सदस्यहरूले बसिरहनुको कुनै औचित्य नरहेको विज्ञप्तीमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *