रित्तो गाग्री लिएर सिंहदरबार पुगेका साम्पाङको गाग्री प्रहरी नियन्त्रणमा

सेयर गर्नुहोस्

८ माघ,काठमाडौं-काठमाडाैँ । सरकारले धरानको खानेपानी समस्यालाई बेवास्ता गरेको रित्तो गाग्री लिएर सिंहदरबार परिसर पुगेका धरानका मेयर हर्क साम्पाङको गाग्री प्रहरीले लिएको छ ।

सिंहदरबार नजिकै रहेको हनुमानथान मन्दिर छेवैमै गाडिबाट ओर्लिएर गाग्रीसहित सिंहदरबारतर्फ अघि बढेका उनलाई प्रहरीले रोकेको थियो । सिंहदरबार क्षेत्र निषेधित क्षेत्र रहेका कारण सो परिसरमा कुनै पनि सांकेतिक विरोध गर्न नपाइने बताएपछि साम्पाङले सो गाग्री प्रहरीको जिम्मा लगाएका छन् ।

प्रहरीले सो गाग्री आफूहरुले सुरक्षित राखिदिने र पछि जिम्मा लगाउने बताएपछि साम्पाङले सो गाग्री प्रहरीको जिम्मा लगाएका हुन् ।

साम्पाङ प्रधानमन्त्री र खानेपानी मन्त्रीलाई सो गाग्री बुझाउने भन्दै सोमबार धरानबाट काठमाडौँ आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *