१५ औं महाधिवेशनबाट अहिलेका धेरै नेताहरुको बिदाई हुन्छ : महामन्त्री शर्मा

सेयर गर्नुहोस्

२० माघ,काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको १५औं महाधिवेशनबाट अहिलेका धेरै नेताहरुको बिदाई हुने बताएका छन् । कांग्रेस चितवनद्वारा आयोजित १०० दिने अभियानको समापन समारोहलाई सम्बोधन गर्दै उनले पार्टी बदलिने दिशामा अघि बढेको बताए । महामन्त्री शर्माले कांग्रेसमा कसैलाई बोल्न निषेध नगरिएको बताएका छन् । उनले वर्तमान प्रधानमन्त्री केपी ओलीले कांग्रेसलाई अलोकतान्त्रिक भनेपछि आफूले तपाईंसँगै महाधिवेशनमा प्रतिस्पर्धा गरेका भीम रावल कहाँ हुनुहुन्छ भनेर प्रश्न गरेको स्मरण गरे । उनले रवि लामिछाने नेतृत्वको रास्वपाले पनि नेतृत्वमाथि प्रश्न उठाउने महामन्त्रीलाई चार डाँडा कटाएको टिप्पणी समेत गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *