२४ माघ,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी प्रकरणमा चितवन जिल्ला अदालतमा बिहीबार दोस्रो दिनको बहस सुरु भएको छ । लामिछानेविरुद्ध आज जिल्ला न्यायाधिवक्ताले पनि बहस गर्ने चितवन अदालत स्रोतले जानकारी दिए । लामिछानेका तर्फबाट एक र पीडित पक्षबाट तीनजनाले बहस गर्नेछन् । बुधबार सरकारी वलिकका तर्फबाट पाँच र लामिछाने पक्षबाट एकजनाले बहस गरेका थिए । त्यसपछि लामिछानेलाई प्रहरी हिरासतमा पठाइएको थियो । गएको मंगलबार लामिछानेविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले सहकारी ठगीमा चितवन अदालतमा मुद्दा दायर भएको थियो ।