कमलपोखरी ग्याँस सिलिण्डर विस्फोट : घाइतेलाई उपचारको लागी कीर्तिपुरको बर्न अस्पताल लगियो

सेयर गर्नुहोस्

२४ माघ, काठमाडौं । कमलपोखरीस्थित सानदार मःम पसलमा ग्याँस सिलिन्डर विस्फोट हुँदा घाइते भएका सबै ११ जनालाई कीर्तिपुरको बर्न अस्पताल लगिएको छ । हिमाल अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि सबै घाइतेहरुलाई कीर्तिपुरको बर्न अस्पताल पठाइएको प्रहरीको भनाई छ। प्रहरीका अनुसार घाइतेहरुमध्ये एक जनाको अवस्था गम्भीर छ भने अरु १० जनाको अवस्था सामान्य छ । विस्फोटमा घाइते भएका कूल १४ जनामध्ये ३ जना भने अस्पताल लैजानु नपर्ने अवस्था रहेको प्रहरीको भनाई छ । आज बिहान पौने नौ बजे मःम पसलको भान्साकोठामा ग्याँस सिलिन्डर पड्किएको थियो । सिलिण्डर पड्किँदा भुइँतलामा भएको मःम पसल भएको घरको सिलिङ नै खसेको छ । माथिल्लो तलाका झ्यालका सिसा पनि फुटेका छन् । स्थानीयका अनुसार ठूलो आवाजका साथ विस्फोट भएलगत्तै प्रहरीका गाडी र एम्बुलेन्सहरु घटनास्थल पुगेका थिए । उद्धारमा प्रहरीवृत्त मालीगाउँबाट प्रहरी नायब उपरीक्षक को कमाण्डमा टोली खटिएको थियो । प्रहरी र स्वास्थ्यकर्मीहरुले घाइतेहरुलाई सुरुमा नजिकै रहेको हिमाल अस्पतालमा पुर्‍याएका थिए । तर पछि सबै घाइतेलाई कीर्तिपुरको बर्न अस्पताल पठाइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *