विश्वको दोस्रो प्रदूषित सहर काठमाडौं

सेयर गर्नुहोस्

१ फागुन, काठमाडौं । काठमाडौं विश्वको दोस्रो प्रदूषित सहर बनेको छ । विश्वभरको मुख्य मुख्य क्षेत्रको वायु स्वच्छता मापन गर्दै आएको आईक्यू एअरका अनुसार यो समाचार तयार पार्दासम्म काठमाडौंको वायु प्रदूषण १९६ एक्यूआई छ । पाकिस्तानको कराची २१५ एक्यूआईसहित प्रदूषित सहरमध्ये पहिलो नम्बरमा छ । त्यस्तै नेपालमा भने पोखराको वायु प्रदूषण लगातार दोस्रो दिन पनि देशकै शीर्ष स्थानमा रहेको छ । बिहान साढे १० बजेसम्म पोखराको वायू प्रदूषण १९० एक्यूआईसहित रेड जोनमा छ ।

वातावरण विभागका अनुसार पोखरा पछि दोस्रो स्थानमा काठमाडौंको शंखपार्क दोस्रो र भरतपुर तेस्रो स्थानमा छ । दुवैको वायु दूषण १८२ एक्यूआई मापन गरिएको छ । त्यस्तै भक्तपुर (१६९), धनगढी (१६७), रत्नपार्क क्षेत्र (१६३), हेटौंडा (१५९) र खुमल्टार (१५९) एक्यूआई वायु प्रदूषण मापन गरिएको छ । बिहानैदेखि वायु प्रदूषण उच्च हुँदा जनजीवन प्रभावित हुन थालेको छ । ५० एक्यूआईभन्दा माथि प्रदूषण सूचकांक कटेमा उक्त वायुलाई अस्वस्थ मानिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *