१ फागुन,काठमाडौं- स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला दुई हजार ३०० रुपौयाँले बढेको हो ।
बुधबार प्रतितोला सुन एक लाख ६७ हजार ५०० रुपौयाँमा कारोबार भएकामा आज सोही परिमाणको सुनको मूल्य एक लाख ६९ हजार ८०० रुपौयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसैगरी, चाँदी प्रतितोला ३५ रुपौयाँले बढेको छ । आजका लागि प्रतितोला चाँदीको मूल्य एक हजार नौ सय ६५ रुपौयाँ निर्धारण गरिएको छ ।