अर्थमन्त्री र कुलमानको पनि सम्पत्ति छानबिन गरौँ'- महेश बस्नेत

08 October, 2025 94 Views
अर्थमन्त्री र कुलमानको पनि सम्पत्ति छानबिन गरौँ'- महेश बस्नेत
94

असोज, जनकपुरधाम । नेकपा एमालेका पोलिटव्युरो सदस्य महेश बस्नेतले सम्पत्ति शुद्धीकरणको अनुसन्धान गर्दा हालका अर्थमन्त्री रामेश्वर खनालबाट सुरु गर्ने कि नगर्ने भनेर प्रश्न गरेका छन् । खनाल पूर्वसचिव समेत भएकाले उनीबाट छानबिन सुरु गर्नु पर्ने बस्नेतको भनाइ थियो ।

आज पत्रकार सम्मेलन गर्दै बस्नेतले भने, ‘सम्पत्ति शुद्धीकरण र भ्रष्टाचारको कुरा गर्दा रामेश्वर खनालबाट सुरु गर्ने कि नगर्ने ? ’
उनले सरकारका  अर्का मन्त्री कुलमान घिसिङमाथि पनि दर्जनौं उजुरी रहेको भन्दै उनीमाथि पनि छानबिन गर्नुपर्ने धारणा राखे । ‘कुलमानजीको अख्तियारमा दर्जनौं मुद्दा छ, सम्पत्ति शुद्धीकरणमा दर्जनौं मुद्दा छ । संसदीय समितिमा दर्जनौं मुद्दा छ, अब छानबिन त्यहाँबाट सुरु गर्ने कि नगर्ने ?’ बस्नेतले भने ।

Related Post