75
काठमाडौं । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैंटेपाटीमा ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु भएको छ । दुर्घटनामा बालकका आमाबुबा घाइते भएका छन् ।
काठमाडौं बाट बनेपातर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको ग्यास बुलेटले सोही दिशामा गुडिरहेको बा.प्र.०२०७१ प ७०६३ नम्बरको मोटरसाइकललाई आज बिहान ठक्कर दिएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका खोटाङको सन्धिखर्क गाउँपालिका–६ का चन्द्र बुढाथोकीका ९ वर्षीय छोरा जुवासलाई उपचारका लागि अस्पताल पुर्याइएलगत्तै चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका बुढाथोकी दम्पतीको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनामा संलग्न ग्यास बुलेटका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।