नारायणीमा खुट्टा धुने क्रममा आमा–छोरालाई बगायो, ११ वर्षीया छोरीको उद्धार

15 October, 2026 104 Views
नारायणीमा खुट्टा धुने क्रममा आमा–छोरालाई बगायो, ११ वर्षीया छोरीको उद्धार
104

 

चितवन । नारायणी नदी किनारमा खुट्टा धुने क्रममा आमा र उनका ६ वर्षीय छोरा नदीमा बगेर बेपत्ता भएका छन्। उनीहरूसँगै रहेकी ११ वर्षीया छोरीको भने प्रहरीले सकुशल उद्धार गरेको छ।

बुधबार साँझ करिब ६:४५ बजे भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी नदी किनारमा घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बेपत्ता हुनेमा खैरहनी नगरपालिका–१ घर भई हाल भरतपुर महानगरपालिका–१२ मुनालचोकस्थित मामाघरमा बस्दै आएकी ३२ वर्षीया सिर्जना शर्मा र उनका ६ वर्षीय छोरा प्रसिद्ध पौडेल रहेका छन्।

साँझ छोराछोरीसँगै नदी किनारमा गएकी सिर्जना र उनका छोरा नदीमा बगेपछि ११ वर्षीया छोरी प्रसिद्धि पौडेललाई प्रहरीले उद्धार गरेको हो। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

बेपत्ता आमा–छोराको खोजीका लागि सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तथा उद्धार टोली परिचालन गरिएको छ। उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

Related Post