पोखरामा सडक पार गर्दा मोटरसाइकलको ठक्कर, पैदलयात्री र चालक दुवैको मृत्यु

15 October, 2026 107 Views
पोखरामा सडक पार गर्दा मोटरसाइकलको ठक्कर, पैदलयात्री र चालक दुवैको मृत्यु
107

 

काठमाडौँ । पोखरामा सडक पार गरिरहेका पैदलयात्रीलाई मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री र मोटरसाइकल चालक दुवैको मृत्यु भएको छ।

कास्कीको पोखरा महानगरपालिका–१७ बालोदय चोकस्थित सिद्धार्थ राजमार्गमा बिहीबार बिहान करिब ७ बजे दुर्घटना भएको हो।

प्रहरीका अनुसार विरौटाबाट छोरेपाटनतर्फ जाँदै गरेको ग १४ प ४८७९ नम्बरको मोटरसाइकलले बाटो काटिरहेका पैदलयात्रीलाई ठक्कर दिएको थियो। ठक्करपछि अनियन्त्रित भएको मोटरसाइकल सडकको डिभाइडरमा ठोक्किएको थियो।

दुर्घटनामा मोटरसाइकल चालक पोखरा–१७ का १९ वर्षीय सफलकुमार श्रेष्ठ र लमजुङ घर भई हाल पोखरा–१७ विरौटामा बस्दै आएका ४५ वर्षीय कृष्ण कुमाल गम्भीर घाइते भएका थिए।

उपचारका लागि पश्चिम क्षेत्रीय अस्पताल पुर्‍याइएका दुवै जनालाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ। 

Related Post