काठमाडौँ । बाढी, पहिरो र सडक कटानले देशभरका प्रमुख सडकखण्डको यातायात प्रभावित बनेको छ। रसुवादेखि हुम्ला, मनाङ र म्याग्दीसम्मका महत्वपूर्ण सडक पूर्ण रूपमा बन्द छन् भने केही खण्डमा एकतर्फी आवागमन भइरहेको छ।
नेपाल प्रहरीका अनुसार प्रभावित प्रमुख सडकखण्डहरू:
रसुवा–नुवाकोटका मुख्य राजमार्ग — बाढीका कारण पूर्ण रूपमा अवरुद्ध।
बेनी–जोमसोम सडकखण्ड — म्याग्दीको बैसरीमा पहिरो खसेपछि पूर्ण रूपमा बन्द।
खाङसार–बेँसीसहर सडक — बाढीका कारण आवागमन ठप्प।
कर्णाली करिडोर तथा सिमकोट–हिल्सा सडक — अवरुद्ध हुँदा उत्तरी हुम्लाको आवागमन प्रभावित।
कालीगण्डकी करिडोर, जन्ती — पहिरोका कारण एकतर्फी मात्र सञ्चालन।
कान्ति लोकपथ — विभिन्न स्थानमा बाढी–पहिरोको असर।
पृथ्वी राजमार्ग — केही खण्डमा बाढी तथा पहिरोको प्रभाव।
मध्यपहाडी लोकमार्ग — विभिन्न स्थानमा सडक अवरोध तथा जोखिम।
नारायणगढ–मुग्लिन सडकखण्ड — पहिरोका कारण यातायात प्रभावित।
बेनी–दरबाङ सडक — पहिरो तथा सडक अवरोधको असर।
जोमसोम–कोरोला सडक — विभिन्न स्थानमा आवागमन प्रभावित।
मालढुंगा–बेनी सडक — बाढी तथा पहिरोको जोखिम।
कर्णाली राजमार्ग र नाग्म–गमगढी सडक — विभिन्न स्थानमा अवरोध।
भेरी करिडोर र महाकाली राजमार्ग — बाढी–पहिरोका कारण यातायात प्रभावित।
सडक अवरुद्ध हुँदा यात्रु तथा मालवाहक सवारीसाधन प्रभावित भएका छन्। जोखिमयुक्त सडकमा यात्रा नगर्न र यात्रा गर्नुअघि सडकको अवस्था बुझ्न प्रहरीले आग्रह गरेको छ।