पोखरामा पर्यटकलाई झोला तान्ने र जबर्जस्ती गर्ने १५ जना पक्राउ

06 October, 2026 122 Views
पोखरामा पर्यटकलाई झोला तान्ने र जबर्जस्ती गर्ने १५ जना पक्राउ
122

कास्की। पर्यटक तथा सर्वसाधारणलाई दुःख–हैरानी दिएको आरोपमा कास्की प्रहरीले १५ जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका प्रहरी टोलीले पोखरा महानगरपालिकाका पृथ्वीचोक, सभागृहचोक र सृजनाचोक क्षेत्रमा सञ्चालन गरेको ‘स्वीप अपरेसन’का क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार सार्वजनिक सवारीमा जबरजस्ती यात्रु चढाउन खोज्ने, होटल मिलाइदिने भन्दै पर्यटक तथा सर्वसाधारणको झोला तान्ने र करकाप गर्ने ६ जना पक्राउ परेका छन्।

यस्तै, अफलाइन पठाओ तथा ई–ड्राइभका ८ जना चालक र एक जना बोलेरो जिप चालकलाई समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

नियन्त्रणमा लिइएका १५ जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वडा प्रहरी कार्यालय बैदाम पठाइएको कास्की प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए।

Related Post