मोरङमा २१० किलो गाँजा बरामद

06 October, 2026 115 Views
मोरङमा २१० किलो गाँजा बरामद
115

मोरङ । मोरङको सीमावर्ती जहदा गाउँपालिकाबाट प्रहरीले २१० किलो गाँजा बरामद गरेको छ। सोमबार राति जहदा गाउँपालिका–१, नयाँ बस्ती नजिकै धानबारीमा कालो प्लास्टिकमा प्याक गरेर लुकाइराखिएको अवस्थामा गाँजा बरामद गरिएको हो।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण हेडक्वार्टर कंकालिनी मोरङ र बीओपी जहदाबाट खटिएको संयुक्त टोलीले धानबारीमा शंकास्पद अवस्थामा राखिएको गाँजा फेला पारेको सशस्त्र प्रहरी मोरङका प्रमुख एसपी गेहेन्द्रबहादुर भण्डारीले जानकारी दिए।

प्रहरीका अनुसार बरामद गाँजा बेवारिसे अवस्थामा भेटिएको हो। गाँजा कसले र कुन प्रयोजनका लागि त्यहाँ लुकाएर राखेको थियो भन्नेबारे खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Related Post