73
तनहुँ । नेपाली कांग्रेस तनहुँका सभापति जितप्रकाश आलेले कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेश भूगोलबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन्।
विद्यार्थी राजनीतिबाट कांग्रेसमा सक्रिय आले २०३९ सालमा नेपाल विद्यार्थी संघ तनहुँको सचिव बनेका थिए।
आले २०४९ मा कांग्रेस तनहुँको जिल्ला सदस्य, २०५३ मा क्षेत्रीय सभापति र २०५९ मा जिल्ला सचिव बनेका थिए। २०७८ मा उनी कांग्रेस तनहुँको जिल्ला सभापतिमा निर्वाचित भए।
२०७९ को प्रदेशसभा निर्वाचनमा तनहुँ–२(२) बाट निर्वाचित आलेले १३ हजार ८६० मत प्राप्त गरेका थिए। त्यसपछि उनी गण्डकी प्रदेशको आर्थिक मामिलामन्त्री बनेका थिए।
यसपटक गण्डकी प्रदेश भूगोलबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका आलेले महाधिवेशन प्रतिनिधिहरूसँग सहयोग र समर्थनका लागि आग्रह गरेका छन्।