कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता

06 October, 2026 82 Views
कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता
82

काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि श्यामकृष्ण खड्गीले उम्मेदवारी दर्ता गरेका छन्। मंगलबार दिउँसो निर्वाचन समितिको कार्यालय पुगेर खड्गीले सभापति पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्। उम्मेदवारी दर्ताका क्रममा उनका समर्थक तथा शुभेच्छुकसमेत निर्वाचन समितिको कार्यालय पुगेका थिए।

खड्गीले सोमबार नै कांग्रेसको सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका थिए। घोषणा गरेको भोलिपल्टै उनले औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएका हुन्।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता प्रक्रिया चलिरहेको छ। सभापतिसहित विभिन्न पदमा उम्मेदवारी दर्ता भइरहेका बेला खड्गीले पनि सभापति पदमा आफ्नो दाबी प्रस्तुत गरेका हुन्।

सभापति पदका लागि उम्मेदवारी दर्ता गर्ने नेताहरूको संख्या बढेसँगै कांग्रेसको नयाँ नेतृत्व चयन प्रक्रिया थप प्रतिस्पर्धात्मक बनेको छ। महाधिवेशनबाट सभापतिसहित पदाधिकारी तथा केन्द्रीय सदस्य चयन हुनेछन्।

Related Post