काठमाडौँ। चाडपर्वलाई लक्षित गर्दै भाटभटेनी सुपरमार्केट र टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले ग्राहकका लागि विशेष योजना ल्याएका छन्। योजनाअन्तर्गत भाटभटेनीमा किनमेल गर्ने दुई जना भाग्यशाली ग्राहकले नयाँ टाटा पन्च ईभी जित्ने अवसर पाउनेछन्।
योजनाअनुसार भाटभटेनीका देशभरका कुनै पनि स्टोरमा एकपटकमा २ हजार ५०० रुपैयाँ वा सोभन्दा बढीको सामान खरिद गर्ने ग्राहक लक्की ड्रमा सहभागी हुन सक्नेछन्। खरिद बिलका आधारमा सहभागीमध्ये एक जना विजेता छनोट गरी टाटा पन्च ईभी प्रदान गरिने कम्पनीले जनाएको छ।
त्यस्तै, भाटभटेनीमा नेपाल पे क्यूआरमार्फत भुक्तानी गर्ने ग्राहकलाई पनि अर्को टाटा पन्च ईभी जित्ने अवसर दिइएको छ। दशैँ, तिहार र छठलाई लक्षित योजनाबाट दुई जना ग्राहकले टाटा पन्च ईभी जित्न सक्नेछन्।
टाटा पन्च ईभीमा ३२ किलोवाट आवर र ४० किलोवाट आवर क्षमताका दुई ब्याट्री विकल्प छन्। कम्पनीका अनुसार पूर्ण चार्जमा यसले ३०० देखि ३२५ किलोमिटरसम्म रेन्ज दिन्छ।
गाडीमा १९५ एमएम ग्राउन्ड क्लियरेन्स, ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, फास्ट चार्जिङ, भ्वाइस–एक्टिभेटेड सनरुफ, हर्मन इन्फोटेनमेन्ट सिस्टम, डिजिटल ककपिट, भेन्टिलेटेड सिट र ३६६ लिटरको बुट स्पेसलगायत सुविधा छन्।
टाटा मोटर्सका नेपालभर रहेका २० वटा शोरुम तथा भाटभटेनीका २८ वटा स्टोरबाट टाटा गाडीबारे जानकारी लिन सकिने कम्पनीले जनाएको छ।