90
काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्माले उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका विभिन्न पदमा उम्मेदवारी दर्ता भइरहेका बेला शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिएका हुन् ।
शर्माले आफ्नो उम्मेदवारी वारेसमार्फत दर्ता गराएका छन् । उनका तर्फबाट पुष्पराज पौडेलले निर्वाचन समितिमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।
कांग्रेसको संशोधित विधानअनुसार पहिलोपटक वरिष्ठ उपसभापति पदको व्यवस्था गरिएको हो । सोही नयाँ व्यवस्थाअनुसार शर्माले वरिष्ठ उपसभापति पदमा उम्मेदवारी दिएका हुन् ।
महाधिवेशनअन्तर्गत सभापति, वरिष्ठ उपसभापति, उपसभापति, महामन्त्रीलगायत केन्द्रीय कार्यसमितिका विभिन्न पदमा उम्मेदवारी दर्ता प्रक्रिया जारी छ ।