109
काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका उम्मेदवार नवराज त्रिपाठीले प्रचारप्रसारका लागि रोबोटको प्रयोग गरेका छन्।
इन्जिनियरसमेत रहेका त्रिपाठी राष्ट्रिय सभागृह परिसरमा रोबोटसँगै हिँड्दै महाधिवेशन प्रतिनिधिसँग भेटघाट गर्दै मत मागिरहेका छन्। त्रिपाठी पछिपछि हिँड्दा रोबोटले भने अघिअघि पुगेर उनका लागि मत मागिरहेको छ।
रोबोटले प्रतिनिधिसँग त्रिपाठीलाई मत दिन आग्रह गर्दै अन्त्यमा ‘जय नेपाल’ भन्दै अभिवादन गर्ने गरेको छ। प्रविधिको प्रयोग गर्दै गरिएको उनको यो प्रचार शैली महाधिवेशन परिसरमा प्रतिनिधिको ध्यान तान्ने विषय बनेको छ।