बाढीले बगाएको त्रिशूली–ढुङ्गे जोड्ने पुल एक महिनामै पुनर्निर्माण, भोलिदेखि सञ्चालनमा आउने

15 October, 2026 128 Views
बाढीले बगाएको त्रिशूली–ढुङ्गे जोड्ने पुल एक महिनामै पुनर्निर्माण, भोलिदेखि सञ्चालनमा आउने
128

 

काठमाडौँ । नुवाकोटको त्रिशूली बजार र ढुङ्गे बजार जोड्ने २६८ मिटर लामो झोलुङ्गे पुल एक महिनामै पुनर्निर्माण सम्पन्न भएको छ। गत भदौ १० गते आएको बाढीले बगाएको पुल भोलिदेखि पूर्ण रूपमा सञ्चालनमा आउने नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ।

बाढीपछि स्थानीयवासीको आवतजावतमा परेको समस्या समाधान गर्न महासंघले आफ्नै कोषबाट पुल पुनर्निर्माण गर्ने निर्णय गरेको थियो। महासंघको आर्थिक सहयोग तथा निर्माण व्यवसायी संघ, नुवाकोटको सक्रियतामा पुल निर्माण सम्पन्न भएको हो।

पुल सञ्चालनमा आएपछि त्रिशूली र ढुङ्गे बजारबीचको आवागमन सहज हुने र आसपासका स्थानीयवासी लाभान्वित हुने अपेक्षा गरिएको छ।

पुनर्निर्माणमा महासंघका अध्यक्ष निकोलस पाण्डे, वरिष्ठ उपाध्यक्ष रामजी पन्त ‘मुकेश’ तथा निर्माण व्यवसायी संघ, नुवाकोटका अध्यक्ष शैलेन्द्र प्याकुरेललगायतले नेतृत्व गरेका थिए।

पुल निर्माणका लागि सस्पेन्सन ब्रिज डिभिजन, पूर्वाधार विकास कार्यालय नुवाकोट र विदुर नगरपालिकाले समेत सहयोग गरेका थिए।

Related Post