21
काठमाडौं । नेपालमा बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बेलायत सरकारले ५ मिलियन पाउण्ड (करिब एक अर्ब नेपाली रुपैयाँ) सहयोग गर्ने घोषणा गरेको छ।
बेलायतका प्रधानमन्त्री एन्डी बर्नह्यामले बाढीबाट नेपालमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै यसलाई अत्यन्तै पीडादायी र हृदयविदारक घटना भएको बताएका छन्।
उनले विपद्को यस कठिन घडीमा नेपाल सरकारलाई आवश्यक सहयोग गर्न बेलायत सधैँ तयार रहेको उल्लेख गर्दै बाढीमा परी ज्यान गुमाउने नेपालीप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन्।
प्रधानमन्त्री बर्नह्यामले विपद्बाट प्रभावित नेपाललाई सहयोग गर्न विश्वका विभिन्न मुलुक तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरूले समेत आर्थिक सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएको बताएका छन्।