भाइमसलामा म्याद गुज्रिएका चकलेट, पटाकासहित एक जना पक्राउ

भाइमसलामा म्याद गुज्रिएका चकलेट, पटाकासहित एक जना पक्राउ
70

काठमाडौं । तिहारको भाइमसला बनाउन म्याद गुज्रिएका चकलेट प्रयोग गरेको र अवैध पटाका भण्डारण गरेको आरोपमा काठमाडौंको तिनचुलीबाट एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा २९ वर्षीय भारतीय नागरिक रमन कुमार पटेल रहेका छन्। प्रहरीले उनको साथबाट भाइमसला बनाउने ११ प्रकारका सामग्री र ठूलो परिमाणमा पटाका बरामद गरेको जनाएको छ।

Related Post