22
मकवानपुर । मकवानपुरको भीमफेदीमा सुमो गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।
आज बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौं जाँदै गरेको ना.१ ज २१४३ नम्बरको सुमो त्रिभुवन राजपथबाट अनियन्त्रित भई राप्ती खोलामा खसेको हो।
प्रारम्भिक विवरणअनुसार दुर्घटनाका बेला गाडीमा चालकसहित १० जना सवार थिए। दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।
घाइतेहरूको उद्धार तथा उपचार भइरहेको छ। दुर्घटनाको कारण र मृतक तथा घाइतेको पहिचानबारे थप विवरण आउन बाँकी छ।